Trending :
 

प्रधानमन्त्री प्रचण्ड जेठ तेस्रो साता भारत भ्रमणमा जाने तयारीमा

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ तेस्रो साता भारत भ्रमण गर्ने भएका छन् । प्रतिनिधिसभामा १५ जेठमा सरकारले बजेट प्रस्तुत गरेपछि प्रधानमन्त्रीको भारत भ्रमण गराउन नेपाल र भारतका परराष्ट्र मन्त्रालय सहमत भएका छन् । 
 
१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डको करिब पाँच महिनापछि भारत भ्रमणको साइत जुरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्दै छन् । 
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जेठ १५ पछि प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्दै दुवै पक्षको सहमतिमा मिति सार्वजनिक गर्ने बताए । 
 
प्रधानमन्त्री प्रचण्डले बिहीबार सांसदहरूसँग प्रतिनिधिसभामा प्रश्नोत्तरका क्रममा निकट भविष्यमा भारत भ्रमणमा जान लागेको बताएका थिए । ‘बजेटभन्दा पहिला प्रधानमन्त्रीको भारत भ्रमण हुन सकेन । त्यसलगत्तै भ्रमण गर्ने गरी तयारी भइरहेको छ । 
 
नेपाल र भारत दुवै पक्षको सहमतिमा भ्रमणको मिति सार्वजनिक गर्ने भन्ने छ,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । 
 
आजको नयाँ पत्रिकामा खबर छ।