सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
नेपाली बजारमा सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको छ ।
 
यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आज तेस्रो दिन निर‍न्तर ओरालो लागेको हो।
 
चाँदीको भाउ भने निरन्तर दुई दिनदेखि स्थिर रहेको छ । जसअनुसार प्रतितोला एक हजार ३७० रुपैयाँ कायम रहेको छ ।