ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले अब दुई घण्टासम्मको भिडियो अपलोड गर्न सक्ने

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
अब ट्वीटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न पाइने भएको छ । ट्वीटरका मालिक इलन मस्कले यसबारे जानकारी  दिएका हुन् । तर, ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले मात्रै यो सुविधा पाउनेछन् । 
 
ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले दुई घण्टाको भिडियो क्लिपहरू अपलोड गर्न पाउने मस्कले बताएका छन्।
 
ट्वीटर ब्लू भिरिफाइट नभएका प्रयोगकर्ताले यो सुविधा पाउने छैनन् । उनीहरूले हाल दुई मिनेट २० सेकेण्डको भिडिओ अपलोड गर्न पाउँछन् ।