मोटा प्रहरीलाई तौल घटाउन निर्देशन !

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
भारतको हरियाणा राज्यले तौल घटाउन प्रहरीलाई निर्देशन दिएको छ । राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल बिजले गृह विभागका मुख्य सचिवमार्फत् भुँडे प्रहरीलाई तौल घटाउन निर्देशन दिएका हुन् । 
 
समाचारअनुसार मोटा प्रहरीलाई तौल कम नगरेसम्म पुलिस लाइन आन्तरिक काममा सरुवा गरिने छ । शारीरिक व्यायाम गरे तौल घटाएपछि मात्रै उनीहरूलाई ड्युटीमा खटाइने निर्देशनमा उल्लेख छ । उनले तौल बढी भएका प्रहरीलाई अनिवार्य योगा गर्न भनेका छन् ।
 
शारिरीक रूपमा फिट प्रहरीले मात्रै जनताको  सेवा गर्न सक्ने उनले बताएका छन् । 
 
No description available.