Trending :
 

अब विदेशमा रहेका नेपाली नागरिकले पनि निर्वाचनमा मतदान गर्न पाउने

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरे। ३६ पृष्ठको नीति तथा कार्यक्रममा सरकारले खर्च कटौतिदेखि लिएर अर्थव्यवस्था सुदृढीकरण गर्ने नीति अपनाएको छ। 
 
सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ। संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यथाशीघ्र नागरिकता समस्या हल गरिने बताएका हुन्। 
 
 
उनले अब विदेशमा रहेका नेपाली नागरिकले आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए। एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने सरकारले घोषणा गरेको छ।