Trending :
 

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा टेबुल गरेका छन्  ।
 
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन टेबल भएपछि सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सर्वसम्म‍तिले पारित भएको छ । 
 
अब प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि जेठ ७, ८, ९ र ११ गते छलफल हुने छ । छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने छन् ।
 
सांसदहरूले नीति तथा कार्यक्रममा संशोधन राख्न चाहे शनिबार ९भोलि० बिहान ११ बजेदेखि २ बजेभित्र नाम दर्ता गराउनुपर्ने छ ।