गायिका मिना लामाको चलचित्र “चौबन्दी” को च्यारिटी शो सम्पन्न

जेठ ०७,२०८०

-आस्था न्यूज

जेठ ७, २०८० काठमाडौं ।
लोक दोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी” को जेठ ६ गते शनिबारका दिन च्यारिटी शो सम्पन्न भएको छ । 
 
चलचित्रको शो काठमाडौं स्थित बिजी मलको बि.एस.आर. मुभिजको हलमा सम्पन्न भएको हो । चौबन्दी चलचित्र पुर्व मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । “चौबन्दी” चलचित्रको च्यारिटी शो को अवसरमा बिभिन्न समाजसेबी ब्यक्तित्वहरु र चलचित्र सँग जोडिएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । “चौबन्दी” चलचित्र की निर्माता तथा नायिका समेत रहेकी मिना लामाको कथा रहेको छ भने निरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।
 
यस चलचित्रमा स्व. कलाकार जयनन्द लामा, रश्मी भट्ट, मिना लामा, दिपाशा बिसी, रितु तामाङ, लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई रोयल मुभिज प्रा.लि.ले निर्माण गरेको हो । यस चलचित्र सामाजिक विषय बस्तुमा र आफ्नै जिवन कथामा आधारित रहेको निर्मात्री लामाले बताएकी छिन् ।