Trending :
 

शरणार्थी प्रकरणका दोषी र अपराधी कुनै पनि हालतमा नछुट्ने गृहमन्त्रीको दाबी

जेठ ०७,२०८०

-आस्था न्यूज

जेठ ७, २०८० काठमाडौं ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा बिनापूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान अघि बढेको बताएका छन् ।
 
आइतबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त प्रकरणका दोषी र अपराधी कुनै पनि हालतमा नछुट्ने बताए ।
 
भ्रष्टचारविरुद्धको अभियानलाई व्यवस्थित रुपमा अघि बढाउने सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको पनि उनले बताए ।