Trending :
 

संसद्का दुवै सदनको बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

जेठ ०८,२०८०

-आस्था न्यूज

जेठ ८, २०८० काठमाडौं । 
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । 
 
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । 
 
राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुँदै छ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 
 
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।