Trending :
 

नीति तथा कार्यक्रमले समस्या र प्राथमिकता प्रष्ट नपारेको राजेन्द्र लिङ्देनको भनाई

जेठ ०८,२०८०

-आस्था न्यूज

जेठ ८, २०८० काठमाडौं ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रमले समस्या र प्राथमिकता प्रष्ट नपारेको बताएका छन्। सोमबार नीति तथा कार्यक्रममाथि भाग लिँदै अहिलेको समस्या समाधान गर्न नसकेको लिङ्देनले बताएका हुन्।
 
नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामाना गर्छौं भन्ने कुरा आउनुपर्ने भएपनि नआएको टिप्पणी गरे।
 
बहुमतका आधारमा नीति तथा कार्यक्रम पास भएपनि कुनै उपलब्धि नहुने उनको भनाई छ।  उनले नमिलेको विषयहरु फेरि लेखेर ल्याउँनुपर्दा अफ्ठ्यारो नमान्न आग्रह गर्दै यसलाई पुर्नलेखन गर्न जरुरी रहेकोमा जोड दिए ।
 
उनले नीति तथा कार्यक्रममा जनयुद्ध लेखायौं, देउवालाई बोकायौं भनेर आत्मरतिमा रमाए पनि जनताको जीवनस्तरमा कुनै फरक नपर्ने बताए। लिङ्देनले भने,‘देशलाई कसरी अगाडि लैजाने र कुन बाटोबाट कता जाँदैछौं भन्ने कुराको मार्ग चित्र नभएको पनि उल्लेख गरे ।