Trending :
 

५ जना मन्त्री नियुक्त गर्दै लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

जेठ ०८,२०८०

-आस्था न्यूज

जेठ ८, २०८० काठमाडौं ।
लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका हुन्।
 
बैशाख १४ गते ५३ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले ५ जना मन्त्री नियुक्त गरेका छन्। सोमबार मुख्यमन्त्री चौधरी विना विभागीय मन्त्रीको कार्य विभाजन र ३ नयाँ मन्त्री नियुक्त गरेका हुन्।
 
मुख्यमन्त्री चौधरीले धनबहादुर मास्कीलाई आर्थिक मामिला, राजु खनाललाई स्वास्थ्य मन्त्री, सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय, धर्म बहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालय, भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
 
मुख्यमन्त्री चौधरीले खानेपानी तथा सहरी विका मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायाता व्यवस्था मन्त्रालय आफूसँगै राखे। नव नियुक्त मन्त्रीहरुको दिउँसो ४ बजे सपथ ग्रहणको कार्यक्रम तोकिएको छ।