LIVE (प्रत्यक्ष प्रसारण )

प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण

जेठ ०९,२०८०

-आस्था न्युज

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै  १० वर्ष भन्दा बढी समयदेखि यस्तै नीति तथा कार्यक्रम आइरहेको भन्दै यसवर्षको कार्यक्रममा धेरै आलोचनात्मक भइरहनु आवश्यक नभएको बताएका छन्  ।

 

‘यो परम्परा धान्न ल्याइएको दस्तावेज हो र परम्परा धानिएको छ । नवीनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिको कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौं होला’ मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘ १० वर्षदेखि त राज्य प्रणालीमा परोक्ष अप्रत्यक्ष हिसाबले म आफैं पनि संलग्न भएको हिसाबले नीति तथा कार्यक्रम यस्तै यस्तै हो ।’

 

सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले आ-आफ्नो धारणा प्रस्तुत गर्दै छन् l