Trending :
 

बालकृष्ण खाँण पैसामा बिक्ने व्यक्ति नभएको कांग्रेस सभापति देउवाको भनाई

जेठ ०९,२०८०

-आस्था न्यूज

जेठ ९, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण खाँण पैसामा बिक्ने व्यक्ति नभएको बताएका छन् ।
 
मंगलबार आफूलाई भेट्न आएका कांग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई सभापति देउवाले खाँणको विषयमा चिन्ता नगर्न सुझाव दिएका हुन् ।
 
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका खाँणविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित ठगी, राज्यविरुद्धको कसुर अभियोग लगाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ । 
 
तर देउवाले उक्त प्रकरणमा खाँण संलग्न भएको विषयमा आफूलाई विश्वास नभएको देउवाले बताएको भेटमा सहभागी नेताहरुले बताएका छन् ।