Trending :
 

आज संसदको संयुक्त बैठक बस्ने

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं ।
आज संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ ।
 
संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाइएको छ ।
 
‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।