गुजरातलाई हराउँदै चेन्नाइ आईपीएलको फाइनलमा प्रवेश

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं ।
डिफेण्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाइ सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ ।
 
घरेलु मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर रविन्द्र जडेजाको अलराउण्ड प्रदर्शनमा चेन्नाइले गुजरातलाई १७ रनले हरायो । लिग चरणमा गुजरात शीर्ष स्थानमा रहँदा चेन्नाइ दोस्रो स्थानमा थियो ।
 
चेन्नाइ अब उपाधिबाट एक जित मात्र टाढा छ । गुजरातले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सबीच हुने एलिमिनेटरको विजेतासँग गुजरातले फाइनल प्रवेशका लागि खेल्नेछ ।