सरकारले खेलाडीलाई सम्मान र प्रोत्साहन गर्न नसकेको सांसद् ज्ञानेन्द्र शाहीको भनाई

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले सरकारले खेलाडीको सम्मान गर्न नसकेको आरोप लगाएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै खेलाडीलाई प्रोत्साहन गर्न सरकार गम्भीर नभएको बताएका हुन् ।
 
शाहीले भने,‘खेलाडी बलियो भयो भने देश बलियो हुन्छ । तर,बजेट पर्याप्त छैन । यसले गर्दा खेलाडीको मनोबल घटेको छ । ’
 
सरकारी कर्मचारी, सांसद्लाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने माग गरे। भ्रष्टाचारीलाई कारबाही गर्न सरकार गम्भीर हुनुपर्ने बताए । शाहीले भने,भ्रष्टाचार सामाजिक अपराध हो । भ्रष्टाचारीलाई कारबाही गरौं । यो रोकियो भने सडक र सदनबाट राप्रपाले आन्दोलन गर्छ ।’