घरेलु टोली नेपाललाई हराउदै भारत काभा अन्तर्राष्ट्रिय प्रतियोगिताको समूह ए को विजेता

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
भारतले घरेलु टोली नेपाललाई हराउदै जारी एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह ए को विजेता बनेको छ ।
 
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
 
घरेलु समर्थकको साथ पाएको नेपाललाई भारतले ३-१ को सेटमा हराएको हो ।
 
पहिलो सेट १२(२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेर नेपाल खेलमा फर्किएको थियो ।