यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

जेठ ११,२०८०

-आस्था न्यूज

जेठ ११, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज जेठ ११ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४१ रुपैयाँ ८८ पैसा र बिक्री दर १४२ रुपैयाँ ५३ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ६१ पैसा र बिक्री दर १६४ रुपैयाँ ०५ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।