चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

जेठ १२,२०८०

-आस्था न्यूज

जेठ १२, २०८० काठमाडौं ।
 
प्रिमियर लिगमा चेल्सीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।
 
गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा चेल्सीविरुद्ध ४–१ को सहज जित निकाल्दै युनाइटेड युरोपियन प्रतियोगितामा छनोट भएको हो ।
 
जितपछि ३७ खेलबाट ७२ अंक जोडेर युनाइटेड तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ७० अंक रहेको न्युकासल चौथो स्थानमा छ । न्युकासल यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेको छ ।
 
च्याम्पियन म्यानचेष्टर सिटीसहित आर्सनल, म्यानचेस्टर युनाइटेड र न्युकासलले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछन् ।