Trending :
 

पशुपतिनाथको गजुर पित्तलको भनेर सत्तापक्ष कुर्लिएको भन्दै एमाले आक्रोशित

जेठ १२,२०८०

-आस्था न्यूज

जेठ १२, २०८० काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरूलाई लगाइएको आरोपबारे सरकारबाट जवाफ नआएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने बताएका छन् ।
 
शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरूवातमै प्रमुख सचेतक गिरीले सत्ता पक्षका सांसदले बिनाप्रमाण संसद्‍बाटै प्रमुख प्रतिपक्षी दलको नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाएको भन्दै त्यसबारे सरकारले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने बताएका थिए ।
 
सत्ता पक्षका सांसदले पशुपतिमा जलहरी लगाउने विषयमा सुनको बदला पित्तलको प्रयोग भयो भनेर बिनाआधार गम्भीर भ्रष्टाचारको आरोप लगाएको बताए। 
 
उनले पशुपतिमा लगाइएको जलहरीमा सुनको सट्टा पित्तलको प्रयोग भएको वा नभएको भन्ने विषयमा सरकारले पहिले प्रस्ट पार्नुपर्ने माग गरे । 
 
माओवादी सांसद लेखनाथ दाहालले जेठ १० गते प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा अनियमितता भएको र पशुपतिमा जलहरी लगाउने क्रममा सुनको साटो पित्तल प्रयोग भएको दाबी गरेका थिए ।