शरणार्थी प्रकरणमा आफू निकटलाई जबर्जस्ती मुछ्न खोजेको भन्दै ओलीले गरे बचाउ
-आस्था न्यूज
जेठ १२, २०८० काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निकट व्यक्तिलाई जबर्जस्ती मुछ्न खोजेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले जबर्जस्ती बयान दिन लगाएर आफू नजिकका मान्छेको नाम पोल्न लगाएको आरोप लगाए।
हाम्राविरुद्ध जे बोले पनि हुने। जे प्रचार गरे पनि हुने। बिनासिती ढंगले हाम्रा मान्छेलाई नक्कली भुटानी प्रकरणमा मुछेका छन्। एमालेका खासगरी मेरा नजिक भनिएकाको नाम पोल्न लगाउने काम भएको उनको आरोप थियो ।
उनले प्रहरीमा उच्चारण गरेको बयान छापामा कसरी भन्दै प्रश्न गरे। ुप्रहरीमा उच्चरण गर्नेवित्तिकै छापामा कसरी आउँछ। कहिले कहिले त छापामा पहिले आउँछ अनि बयान लिइन्छ। कस्तो तयारी साथ, उनले भने।
उनले बयान रोकेर जबर्जस्ती सही गर्न लगाइएको आरोप लगाए। उनले यस विषयको फेहरिस्त तथ्यांकसहित आउँदै जाने बताए। उनले एक वर्षअघि निवेदन परे पनि किन गुपचुप गर्न खोजे भन्दै प्रश्न उठाए।
ुनिवेदनको बाढी आउन थालेपछि थाम्न नसकेर फेरि गिरफ्तार गरे। त्यसअघि उनीहरूलाई किन छाडियो? दलालसँग नयाँ योजना बनाइन्छ। विशेष सुविधा दिइन्छ, उनले भने।
उनले सरकारको भूमिका एमाले विरोधी भएको बताए।