ए डिभिजन लिगमा आज तीन खेल हुँदै

जेठ १३,२०८०

-आस्था न्यूज

जेठ १३, २०८० काठमाडौं । 
सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् ।
 
दोस्रो लेगको नवौं चरण अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ ।
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र एपीएफबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
 
जावलाखेल आज दशौँ जितको योजनामा हुनेछ । जावलाखेल २१ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
 
एपीएफ आठौं जितको खोजीमा हुनेछ । एपीएफ २१ खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
 
रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
 
चर्च ब्वाइज २१ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । संकटा छैटौं जित चाहन्छ । संकटा २१ खेलमा २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
 
यस्तै च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
 
आर्मी आठौं जितको लक्ष्यमा हुनेछ । आर्मी २१ खेलमा ३९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
 
मछिन्द्र दशौँ जितको लक्ष्यमा रहेको छ । मछिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।