सरकार तमाम बेथितिहरूको छानबिनमा केन्द्रित रहेको छः प्रधानमन्त्री प्रचण्ड
-आस्था न्यूज
जेठ १३, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको छानबिनमा मात्रै नभई अन्य बेथितिहरूमा पनि रहेको बताएका छन् । उनले ती सबै बेथिति एक(एक गरेर सच्याउने पक्षमा सरकार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा दाहालले मुलुकमा रहेका बेथिति अन्त्यका लागि संसद् र राजनीतिक दलहरूले साथ आवश्यकता रहेको बताए । सरकारको ध्यान यस (नक्कली शरणार्थी प्रकरण)मा मात्रै होइन, अन्य तमाम बेथितिहरूमा पनि सरकारको ध्यान छ । चाहे त्यो सम्पत्ति शुद्धीकरणमा होस्, चाहे राजस्वसँग सम्बन्धित कुरा होस्, चाहे अन्य तमाम बेथितिका कुरा हुन् ती सबैमाथि ध्यान छ,ु उनले भने,कदम(कदम गरेर ती सबै सच्याउनु पर्छ र त्यसको निम्ति संसद् र सबै राजनीतिक दलको सहयोगको आवश्यकता छ । प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई अवसर र चुनौतीका रूपमा लिँदै सोहीअनुसार अगाडि बढिरहेको उनको भनाइ थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई नछोड्न र दोषीलाई कुनै पनि हालतमा पर्न नदिन गृह प्रशासन र प्रहरी प्रशानलाई दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरण वर्तमान सरकार आएपछिको घटना नभएको प्रधानमन्त्री दाहालको थियो । उनले पहिलेदेखि चल्दै आएको विषय वर्तमान सरकारको पालामा छानबिन भएको र त्यो स्वाभाविक रहेको बताए ।
काम गर्दै जाँदा यो प्रकरणमा छानबिन प्रक्रियागत रूपमा भएको प्रधानमन्त्रीको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरण आएको छ । यसबीचमा प्रधानमन्त्रीको हैसियतमा सरकारको तर्फबाट गृह प्रशासन र प्रहरीलाई लगातार भनेको कुरा यत्तिमात्रै हो( यो अलि पहिलादेखि चल्दै आएको विषय रहेछ, यो सरकारको अनुसन्धान पनि होइन । यो सरकारकै पालामा सुरु भएको कुरा पनि होइन र यो सरकारले आविस्कार गरेर भ्रष्टाचारविरोधी अभियान सुरु भएको पनि होइन । हिँड्दै जाँदा देखा पर्यो, उनले भने, त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने चुनौती सरकारको अगाडि थियो । यो विषयमा कोही पनि दोषी यो प्रक्रियामा संलग्न नछुटुन्, कोही पनि निर्दोष कुनै हालतमा पर्न नजाउन् भन्ने मान्यताको आधारमा स्ट्यान्डिङ अर्डर गृहमन्त्रालय र प्रहरी प्रशासनलाई दिएको हो ।