ज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै नेपाल काभा वुमन्स च्यालेन्ज कपमा तेस्रो

जेठ १४,२०८०

-आस्था न्यूज

जेठ १४, २०८० काठमाडौं ।
काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।
 
डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६(२५, १५(२५ र १३(२५ को सेटमा पराजित गरेको हो ।
 
समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो ।
 
पहिलो सेटमा २५(२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्यो । नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।