आगामी बजेट समृद्धि, सुशासन लक्षित रहने अर्थमन्त्रीको भनाई

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताएका छन् ।
 
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट केन्द्रित रहने जनाए । 
 
उनले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहने बताए ।