लक्ष्यअनुसार राजस्व नउठ्ने भएकाले आर्थिक वृद्धिदर नहुने अर्थमन्त्रीद्धारा जानकारी

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
 
चालु आर्थिक वर्षमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर नहुने अर्थमन्त्री डा. प्रकाशरण महतले जानकारी गराएका छन् ।
 
अर्थमन्त्री महतले चालु आर्थिक वर्ष ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने जानकारी दिए । यो गत आर्थिक वर्षको तुलनामा ५.९ प्रतिशतले कमी हो ।