बजेट भाषण:

साधारण खर्च र ऋण व्यवस्थापनका लागि १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
साधारण खर्च र ऋण व्यवस्थापन गर्नका लागि १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन भएको छ। 
 
अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा तलब भत्ता, सामाजिक सुरक्षा, वित्तीय हस्तान्तरण, प्रशासनिक खर्च लगायत बढ्दो साधारण खर्च तथा ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको हो। यो कुल बजेटको ७३.१० प्रतिशत हो। 
 
साधारण खर्चमा वृद्धि हुँदै गएको उनले बताए।