बजेट भाषण:

अब न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी राखेर कम्पनी खोल्न सकिने

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
सकारले आगामी आर्थिक वर्षमा निःशुल्क कम्पनी दर्ता गर्न सकिने सुविधा दिने भएको छ ।​
 
सोमवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।
 
साथै न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी राखेर कम्पनी खोल्न सकिने व्यवस्था पनि गरिएको छ ।
 
कम्पनी दर्ताको काम अनलाइनबाटै गर्न सकिने व्यवस्था समेत सरकारले उनले उल्लेख गरे ।