LIVE (प्रत्यक्ष प्रसारण ) बजेट आ.ब.२०८०/२०८१

बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत

जेठ १५,२०८०

-आस्था न्युज

जेठ  १५, २०८० काठमाडौं ।
सरकारले २० वटा सार्वजनिक संस्थान र समित खारेज गर्ने भएको छ ।
 
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएको सुझावलाई क्रम कायन्वयन गर्ने र २० वटा संस्थाहरु खारेज गर्ने बताए ।
 
क्षेत्राधिकारका आधारमा प्रदेश तथा स्थानिय तहबाट व्यवस्थापन गर्न उपयुक्त हुने समितिहरु तत् तत् तहमा हस्तान्तरण गर्ने उनले बताए ।
 
खारेजी हुने, गाभिने र पुनर्संरचना र हस्तान्तरण गर्ने निकायको विस्तृत विवरण अनुसुचीमा रहेको उनले बताए ।