Trending :
 

बजेट भाषण:

विद्यार्थीका लागि दिवा खाजामा स्थानिय रैथाने खानेकुरा अनिवार्य गर्ने घोषणा

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजालाई निरन्तरता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा दिवा खाजालाई निरन्तरता दिने व्यवस्था बजेटमा राखेको छ । 
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने क्रममा दिवा खाजाको व्यवस्थाबारे जानकारी गरेका छन् । उनले सामुदायिक विद्यालयमा संचालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए ।
 
विद्यार्थीहरूलाई दिवा खाजामा जंगक फुड भने दिन नपाइने बजेटमा व्यवस्था गरिएको छ । दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिनेछ । स्थानीय तथा रैथाने कृषि उपजबाट उत्पादित खाजा दिने व्यवस्था गरिनेछ, मन्त्री महतले भने ।
 
दिवा खाजाका लागि ८ अर्ब ४५ करोड रकम छुट्याएको सरकारले ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरेको छ ।