Trending :
 

बजेट भाषण:

वाग्मती लगायतका नदी किनारामा अनधिकृत रहेका बसोबास हटाइने

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
सरकारले स्थानीय सरकारसंगको समन्वयमा वाग्मती, विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ । 
 
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी वाग्मती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने जनाएका छन् ।
 
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए ।