Trending :
 

प्रधानमन्त्री प्रचण्ड भोली दिउँसो १ बजे भारत जाने

जेठ १६,२०८०

-आस्था न्यूज

जेठ १६, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने समय तय भएको छ ।
 
बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमण दलमा ६० जनाभन्दा कमै हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि बुधबार भारत जान लागेका हुन् ।