देश बनाउनेभन्दा बिगार्न प्रेरित गर्ने तत्त्वहरू बढी सशक्त रहेको ओलीको आरोप

जेठ १७,२०८०

-आस्था न्यूज

जेठ १७, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल देश बनाउनेभन्दा बिगार्न प्रेरित गर्ने तत्त्वहरू बढी सशक्त रहेको बताएका छन् । 
 
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश बिगार्ने, समाज भड्काउने र युवाहरुलाई टुनामुना गरेर भेद्ने तत्त्वहरू धेरै सशक्त रहेकाले सचेत हुनुपर्ने बताएका हुन् । 
 
उनले एमालेले कलाकार र युवा शक्तिलाई दुरुपयोग गर्ने नभई सुन्दर देश बनाउने काममा परिचालन गर्ने बताए ।