भारतले नेपाली भू-भाग समेटेको नक्साको विरोधमा संयुक्त संगठनको विरोध प्रदर्शन

जेठ १७,२०८०

-आस्था न्यूज

जेठ १७, २०८० काठमाडौं ।
भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको अखण्ड भारतको नक्साको विरोधमा संयुक्त संगठनले विरोध प्रदर्शन गरेका छन् । भारतले नेपालको भूभागलाई समेत सो नक्सामा समावेश गरेको भन्दै विद्यार्थीहरूले बुधबार विरोध प्रदर्शन गरेका हुन् । 
 
प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए । सामाजिक सञ्जालमा भवनमा राखिएको नक्सा तस्बिर सार्वजनिक भएपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।