नक्कली भुटानी शरणार्थी प्रकरणका १२ प्रतिवादीहरुको बयान सकियो

जेठ १७,२०८०

-आस्था न्यूज

जेठ १७, २०८० काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार चार जना प्रतिवादीको बयान लिइएको छ । 
 
बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरु गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो ।
 
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो । अहिलेसम्म जम्मा १२ प्रतिवादीको बयान लिइसकिएको छ ।
 
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी छन् । तीमध्ये १७ जना पक्राउ परिसकेका छन् भने १३ जना फरार छन् ।