मौसमः तराईमा हावाहुरीको सम्भावना

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं । 
देशका केही भागमा आज वर्षा र हावाहुरीको सम्भावना रहेको छ । दिउँसो र राति देशका केही भू-भागमा हावाहुरी र वर्षाको सम्भावना रहेको हो । 
 
त्यसअघि आज बिहान कोसी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
 
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 
 
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
 
आज राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।
 
हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।