दूध दिवसको अवसरमा डेरी एसोसिएसनद्धारा नवकिरणका बालबालिकालाई आर्थिक सहयोग

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं। 
नेपाल डेरी एसोसिएसनले ललितपुरस्थित नवकिरण अनाथ असाहाय बाल उत्थान समाजका बालबालिकालाई दूध तथा दुधजन्य पदार्थ सहयोग गरेको छ। विश्व दुध दिवस २०८० को अवसरमा  एसोसिएसनले अनाथ आश्रममा रहेका ४५ जना बालबालिकाहरूलाई दुधजन्य पदार्थ सहयोग गरेको हो ।
 
त्यस्तै आश्रममा रहेका बालबालिकाको शिक्षाका लागि बागमती प्रदेश र काठमाडौं जिल्ला समितिबाट १ लाख रूपैयाँ आश्रमका सञ्चालक सावित्री पोखरेललाई आर्थिक सहयोग गरेको पनि छ। 
 
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमलाले एसोसिएसनले आफ्ना हरेक विशेष कार्यक्रमहरू विद्यालय, आश्रम, अस्पताल लगायतका स्थानहरुमा दूध तथा दुग्ध पदार्थ वितरण गरी मनाउने गरेको बताए। 
 
आश्रमका सञ्चालक एवं संरक्षक सावित्री पोखरेलले एसोसियसनलाई धन्यवाद दिँदै मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकाले आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा रहेको बताउनुभयो।
 
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशका डा राजेन्द्र यादब, सिडिक्यानका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, बोर्डका नारायण देसार, केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, कोशी प्रदेशका अध्यक्ष गंगा बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो । 
 
No description available.No description available.No description available.No description available.