नागरिकता विधेयक प्रमाणीकरण खारेजीको माग गर्दै सर्वोच्चमा रिट

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं। 
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले सर्वोच्चमा रिट पेस गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । 
 
प्रमाणीकरण नै अवैधानिक भएकोले त्यसलाई अहिले लागू नगर्नू/नगराउन आदेश माग गर्दै रिट लिएर आफूहरू सर्वोच्च पुगेको भण्डारीले बताए । 
 
ुनागरिकता समस्या नेपालमा धेरै कठिन र जटिल समस्या भएकोले त्यसलाई सम्बोधन गर्न नेपाली नागरिकले नागरिकता प्राप्त गर्नबाट बन्चित हुन नपरोस् र विदेशीले नागरिकता प्राप्त गर्ने अवसर सृजना नहोस् भन्नका लागि नागरिकता कानूनमा परिमार्जन गर्न आदेशगरी पाउँ रिटमा माग गरिएको छ ।
 
रिट पेश गरिएको भए पनि अहिले दर्ता भएको छैन । दर्ता हुने प्रक्रियामा नै रहेको उनले बताए ।