भारतसँगको ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्ने घिसिङको भनाई

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं। 
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्ने बताएका छन् ।
 
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने बताएका थिए । कार्यकारी निर्देशक घिसिङले प्रारम्भिक ऊर्जा सम्झौताले नेपाललाई फाइदा पुग्ने बताए । उनले भने प्रारम्भिक समझदारी भएको छ । यो नेपालको हितमा छ । यसलाई हामीले कार्यान्वयनको स्तरमा लैजान सक्नुपर्छ ।
 
नेपाल(भारत दीर्घकालीन ऊर्जा सम्झौतासम्बन्धी प्रारम्भिक समझदारीबारे दुवै देशका ऊर्जा मन्त्रालयका सचिवबाट हस्ताक्षर भए पनि आदानप्रदान भने भएको छैन । बुधबारसम्म भारत सरकार ऊर्जा सम्झौता गर्ने पक्षमा नरहेकाले सम्झौतापत्र आदानप्रदान हुन नसकेको हो ।
 
भारतको मन्त्रिपरिषद्बाट छिट्टै नै सम्झौता अनुमोदन गरेर दुई मुलुकबीच आदानप्रदान हुने बताइएको छ । समय नभएकाले भारत सरकारले मन्त्रिपरिषद‍्‍बाट सम्झौता अनुमोदन गर्न नपाएको बताएको छ ।