नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं। 
सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
 
बिहीबार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। उनले अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको बताए।
 
उनले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गरे। उनले विगतका प्रतिकूलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए।
 
सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहेपनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए।