सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको झलनाथ खनालको प्रष्टीकरण

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं। 
पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् ।
 
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हत्कडी लाउन तयार रहेको बताएका छन् ।
 
यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हत्कडी लाउन तयार रहेको उनले बताए।
 
नेकपा एकीकृत समाजवादीका नेता खनालले सर्पपालनको योजनालाई लिएर आफूमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे । ‘अख्तियार र अरु तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्’ उनले भने ।
 
आफ्नो राजनीतिक जीवन ६० वर्षको पुगेको भन्दै खनालले यस अवधिमा कुनै आपराधिक सोच नराखेको बताए ।
 
सर्लाहीमा सर्पले टोकेको औषधिको रुपमा प्रयोग गर्ने एन्टी स्नेक भेनम बनाउन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारबाट अनुदान लिएको थियो । तर खनालले उक्त प्रतिष्ठानमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।
 
खनालले सर्लाहीमा सर्प फार्मको योजनामा आफ्नो नाम कसरी जोडियो भन्नेबारे पनि प्रष्टीकरण दिएका छन् ।
 
सर्पले टोकेर बालकको मृत्यु भएको उक्त घटनापछि आफूले सर्लाहीका एमाले नेताहरुलाई बोलाएर सर्पदंशको समस्याबारे सोधेका थिए ।