Trending :
 

युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जित्यो

जेठ २१,२०८०

-आस्था न्यूज

जेठ २१, २०८० काठमाडौं । 
युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जितेको छ ।
 
शनिबार राति नेदरल्यान्डसको आइन्ड होभनमा भएको फाइनल खेलमा उल्भ्सबर्गलाई ३-२ गोलले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले उपाधि जितेको हो ।
 
बार्सिलोनाकी पेट्रीसिया गुइजारो गुतिरेजले दुई तथा फ्रिडोलिना रोल्फले एक गोल गरेकी थिइन् । यस्तै, उल्भ्सबर्गकी इवा पेजोर र पोपले एक-एक गोल गरेका थिए ।
 
उल्भ्सबर्गले आफ्नो दुई गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि गुमाउन पुग्यो ।