Trending :
 

सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट

जेठ २२,२०८०

-आस्था न्यूज

जेठ २२, २०८० काठमाडौं । 
सेयर बजारमा सोमबार दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन आइतबार करिब ५३ अंकले बढेको सेयर बजार आज भने १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा रोकिएको छ । 
 
झन्डै २ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सोमबार २७७ कम्पनीको ५६ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । 
 
१९ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्सुरेन्स र चिलिमे हाइड्रोपावर परेका छन् ।