Trending :
 

प्रतिनिधि सभा बैठकमा आजबाट सुरु भयो बजेटमाथि छलफल

जेठ २२,२०८०

-आस्था न्यूज

जेठ २२, २०८० काठमाडौं । 
प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफल सुरू भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको हो।
 
सरकारले गत जेठ १५ गते १७ अर्ब ५१ अर्बको बजेट ल्याएको थियो। राजश्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले बोल्ने क्रम सुरू भएको छ।
 
कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेट धरातलीय यथार्थमा आएको बताएका छन्। 
 
उद्योगी, व्यवसायीहरूलाई उत्साहित बनाउने गरी बजेट आएको भन्दै समर्थन व्यक्त गरेका छन्। अहिलेको बजेटले अर्थतन्त्रको समस्या पहिल्याएको उनले बताए।