Trending :
 

नेप्से मंगलबार २५.६६ अंकले वृद्धि

जेठ २३,२०८०

-आस्था न्यूज

जेठ २३, २०८० काठमाडौं ।
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २५.६६ अंकले वृद्धि भएको छ । सोमबार १७ अंकले घटेको नेप्से परिसूचक मंगलबार १.३५ प्रतिशतले वद्धि भएर १९२७.६५ विन्दुमा बन्द भएको छ ।
 
यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन २६९ धितोपत्रको ५५ लाख ४१ हजार ८७८ कित्ता एक अर्ब ९८ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।
 
सोमबार एक अर्ब ९७ करोड रुपैयाँको सेयर करोबार भएको थियो ।
 
आज सोल्टी होटेलको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको नौ करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
 
त्यस्तै, सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीको नौ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
 
सर्वाधिक सेयर मूल्य वृद्धि हुनेमा ङादी हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले वृद्धि भएर ३०१ रुपैयाँमा कारोबार भएको छ ।
 
कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक ५।६७ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।
त्यस्तै, जीवन बिमा समूहको परिसूचक ४.६४ प्रतिशतले वृद्धि भएको छ ।