Trending :
 

पश्चिमी हाइटीमा ४.९ म्याग्निच्युडको भूकम्प

जेठ २४,२०८०

-आस्था न्यूज

जेठ २४, २०८० काठमाडौं । 
पश्चिमी हाइटीमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
 
भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।
 
राजधानी पोर्ट-ओ-प्रिन्सबाट करिब ३०० किलोमिटर (१८६ माइल) पश्चिममा रहेको ग्रान्ड’आन्से विभागमा मंगलबार बिहान भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
 
ग्रान्ड एन्सेको नागरिक सुरक्षा एजेन्सीका प्रमुख क्रिस्टिन मोनक्वेलले अहिलेसम्म तीनजनाको मृत्यु भएको बताएका छन् ।
 
“उनीहरू एउटै परिवारका सदस्य हुन् र उनीहरूको घर भत्किँदा मृत्यु भएको थियो,” मोनक्वेलले भने । अल्जजिरा