Trending :
 

मन्त्रालय खाली भएमा सरकारमा सहभागी हुने सीके राउतको भनाई

जेठ २५,२०८०

-आस्था न्यूज

जेठ २५, २०८० काठमाडौं ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले परिस्थिति बनेमा आफूहरु सरकारमा सहभागी हुने बताएका छन् ।
 
राउतले पछिल्लो समय प्रधानमन्त्रीसँग सरकारमा सहभागिताका विषयमा कुराकानी हुन नपाएको बताए । यद्यपि परिस्थिति बनेमा र मन्त्रालय खाली भएमा सरकारमा सहभागी हुने ढोका खुल्ने बताएका हुन्।
 
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक मन्त्रिपरिषद विस्तार गर्दा जनमत पार्टीका अब्दुल खाँलाई खानेपानी मन्त्री बनाएका थिए । तर रोजेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।