Trending :
 

कांग्रेस संसदीय दलको सचेतकमा सुशिला थिङ नियुक्त

जेठ २५,२०८०

-आस्था न्यूज

जेठ २५, २०८० काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सुशिला थिङ नियुक्त भएकी छन्। 
 
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई सचेतकमा नियुक्त गरेका हुन्।
 
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२)बमोजिम प्रतिनिधि सभा सदस्य  थिङलाई प्रतिनिधि सभाको सचेतक पदमा मनोनयन गरिएको सभापति देउवाका नीजि सचिव केशवराज जोशीले जानकारी दिएका छन्।