Trending :
 

निर्वाचन कार्यालय खारेज नभई नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने प्रधानमन्त्रीको भनाई

जेठ २६,२०८०

-आस्था न्यूज

जेठ २६, २०८० काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन कार्यालय खारेज गर्न नभई नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएको बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन कार्यालयलाई नयाँ ढंगले व्यवस्थापन गर्न आयोगको परामर्श बमोजिम अघि बढ्ने बताएका हुन् ।
 
प्रधानमन्त्री प्रचण्डले भने,‘ जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्न खोजिएको नभई नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएको छ । अब आयोगको परामर्श बमोजिम नै गरिन्छ ।’
 
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. काशशरण महतले जिल्ला निर्वाचन कार्यालयको विषयमा आयोगको धारणा अनुसार व्यवस्थापन गरिने उनको भनाइ । लोकतन्त्रमा विश्वास गर्ने वर्तमान सरकारबाट आयोगको स्वतन्त्रता, स्वायत्तत्ता र क्षेत्राधिकारमा कुनै संकुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरमा सचेत रहेको बताए ।
 
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानको धारा २४६ ले तोकेको जिम्मेवारी र धारा ‍२४७ तथा प्रचलित निर्वाचन कानून अनुसार निर्वाचन आयोगलाई आफ्नो कार्यसम्पादनका लागि आवश्यक पर्ने कर्मचारी, स्रोत, साधन एवम् भौतिक संरचना नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने संवैधानिक दायित्व रहेको बताए । 
 
सरकारले आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने निर्णय गरेको छ।