यसरी गर्न सकिन्छ स्वधर्मको पालना
-यज्ञप्रसाद भट्टराई
काठमाडौं । एक जना कवि एकदमै उदास थिए, उनका मित्रले उनलाई सोधे किन यति उदास भएको ? कविले भने, म यसकारण उदास भएको छुं किनकी म कवि नहुनु पर्ने थियो, कविता म भित्रबाट सहजै आउदा पनि आउँदैन, जवरजस्त लय मिलाई रहेको हुन्छु ,त्यसपछि उनको मित्रले भने, त्यसो भए किन कवि हुन छोडदैनौ त, संसारमा हजारौ काम छन कुनै कविता मात्रै एउटा काम हो र ? मलाई हेर मत कुनै कवि होईन? तै पनि आनन्दसंग बाँचिरहेको छु। कविले भने, अब एकदम गाह्रो छ, अव म प्रसिद्ध भईसकेको छु, अव फर्कन गाह्रो छ, मानिसहरूले मलाई कविलाई झै सम्मान दिएका छन, म समाजमा प्रतिष्ठित भईसकेको छु, यो प्रतिष्ठा गुमाउन सक्दिन र म भित्र रस पनि आउँदैन, आनन्द पनि छैन भनी कविले भने। त्यसैगरी अर्को प्रसङ्ग छ एक दिन एउटा कारागारमा एकै दिन दुई व्यक्ति कारागारमा चलान भएछन। साँझ परेको थियो। पूर्णीमाको दिन थियो, रात जुन लागेर झलमल्ल थियो। ती दुईजना व्यक्ति कारागार भित्र आफू बस्ने कोठा वाहिर उभिएका थिए। एकजना व्यक्तिको मुहार यति हँसिलो थियो की उसलाई स्वर्गकै खजना मिले जसरी उ प्रशन्न देखिन्थ्यो। दोस्रो व्यक्तिको चेहरामा क्रोध थियो।उ नर्कमा परेजसरी चिन्तित देखिन्थ्यो।उसको अनुहार उदास देखिन्थ्यो।
यी दुईमध्ये एक जनाले अर्कोलाई भन्यो, तिमी यति प्रशन्न किन भएका छौ रु तिमी पागल त होईनौ ? यो जेलखाना हो, अगाडी हेर त त्यहाँ फोहोर छ, दुर्गन्ध आएको छ, मच्छेडले टोकिरहेका छन, हामी बन्द ठाँउमा छौ, अबस्था यस्तो छ भनी भन्यो। दोस्रो व्यक्तिले भन्यो , तिमीले भनेपछि पो बल्ल मलाई याद आयो की म जेलमा छु , अन्यथा म पूर्णीमाको जुनको साथमा पुगेको थिए। म त्यही तल्लिन थिए , मलाई थाहा थिएन की म जेलमा छु भन्ने । मलाई त्यो फोहर हेर्नलाई फुर्सद नै थिएन। मेरा आँखा त्यहाँ थिएनन भनी भन्यो।(साभार कर्मयोग भगवत गीताको मनोविज्ञान गीता दर्शन अध्याय तीन ओशोको प्रवचनबाट) यी दुई व्यक्ति एक साथ उभिएका थिए । एउटै कारगारमा थिए। यी दुईमा एउटै आखाँ थिए तर एकको स्वधर्म थिएन, स्वधर्म विलकूल भिन्न थियो । यी दुई व्यक्तिको हेर्नेको ढङ्ग फरक थियो । तसर्थ यस संसारमा जति व्यक्ति छन उती नै प्रत्येकको हेर्नेको तरीका वा जिउने ढङ्ग पनि फरकफरक हुन्छ । स्वधर्मको मतलव यो हो की यस पृथ्विमा जति आत्मा छन उती धर्म छन र उती स्वभाव छन ।
अक्सर हामी द्विविधामा परेका हुन्छौ, जे गरिरहेका छौ,जे हौ त्यसमा रस छैन, जसमा रस हुन सक्थ्यो त्यो कहिल्यै गरेनौ र रोजेनौ तसर्थ हामी उदास छौ, हामी आफ्नो पेशामा सन्तुष्ट छैनौ, आफ्नो पेशालाई सम्मान गर्न सकेका छैनौ।गणितज्ञ हुनुपर्ने व्यक्ति कवि भएर बसेका छौ, व्यापार व्यवसायमा रमाउने वैश्य गुणीका ब्यक्ति राजनीतिमा लागी क्षत्रीय गुणी बन्न पुगेका छौ, एउटा पेशाको कुर्सीमा बसेका छौ काम, कुरा, ब्यबहार र गतिबिधि अर्कै पेशाको गरेका हुन्छौ। राजनीतिज्ञले कर्मचारीको काममा चाख राखेका छौ, कर्मचारीले राजनीतिज्ञको कामकाजमा रूची राखेका हुन्छौ।राजनीतिज्ञ हुनुपर्ने न्यायधीश भएका छौ। एक हुनुपर्ने हाम्रो स्वभाव गुण थियो तर अर्कै भएका छौ। आफ्नो गुण र स्वभाव अनुरूप जे हुनुपर्थ्यो त्यो शिक्षा हासिल नगरी पेशा नअपनाई अरूको देखासिकीमा अरुको अनुकरणमा अरूनै भएका छौ। छोराछोरीको व्यवस्थापन पढने ईच्छा हुन्छ तर हामीले अरुको देखासिखीमा जवरजस्त विज्ञान पढाएका हुन्छौ।
हामीले बच्चालाई वुद्धजस्तो बन्नु पर्छ, महाविर जस्तो हुनु पर्छ अर्थात श्याम जस्तो हुनुपर्छ ,राम जस्तो हुनु पर्छ वा फलानाको छोराछोरी जस्तो बन्नु पर्छ भनी भन्ने गरेका हुन्छौ । वच्चा एउटा बन्न खोजेको हुन्छ तर हामीले अर्कै बनाएका हुन्छौ। स्भावत हामी त्यो हुन पाउदैनौ जो हुन सक्थ्यौ। तसर्थ हामी जिवनभर मुस्किलमा परेका छौ, आफ्नो पदीय मर्यादा राख्न पनि मुस्किल परेको छ। हामी विजडित भएका छौ। हाम्रो स्वधर्म हराएको छ। स्वधर्ममा नरमाउदा, स्वधर्म अनुकूलको शिक्षा नहुँदा, स्वधर्म अनुरूप पेशा नअपनाउदा र स्वधर्म अनुरूप काम नगर्दा स्वधर्मको पालना नगर्दा हाम्रो व्यक्तित्व पनि खण्डित भएको छ ।व्यक्तिको निजता पनि हराएको छ। हामी जीवनभर मुस्किलमा परेका वा दुखमा परेका हुन्छौ। आफ्नो निजता हराउनाले नत व्यक्तिको विकास हुन्छ। व्यक्तिको विकास हुन नसकेपछि देशको विकास पनि तदअनुरूप हुन सकेको छैन।
यस आलेखमा तीन चिज स्वधर्म , परधर्म र धर्मको चर्चा गर्न खोजिएको छ। धर्म भनेको कुनै पनि बस्तुको कहिल्यै नफेरिने विशेषता हो। उसको आफ्नै स्वभाव हो । जुन कर्तव्य हो त्यो धर्म हो। जुन गर्नु पर्ने हो त्यही धर्म हो अर्थात जुन करणीय हो त्यही धर्म हो । आगोको धर्म तातो हुनु , पृथ्वीको धर्म गन्ध आउनु , बीउ उम्रनु , हावाको धर्म सुकाउनु हो।त्यसैगरी मानबको धर्म उसको आफ्नो परिचय हो, अस्तित्व, निजत्व र स्वाभिमान हो । करुणा,दया, शान्ति, प्रेम ,पवित्रता, सुख, आनन्द, अहिंसा, सहयोग, सदभावना आदि सकारात्मक गुण मनुस्यको अन्तरआत्मा अर्थात स्वको धर्म हो।यो स्वधर्म हरेक आत्माको मौलिक, सात्विक र शास्वत स्वभाव हो ।धर्म नहुदा मानव मानव नै हुदैन। मानव मानव नै हुन धर्म चाहिन्छ।स्वधर्म भनेको आफ्नो स्वभाव, प्रकृति,गुण र निजत्व हो।
आफूले धारण गरिएको आफ्नो वा समाजका निम्ति कल्याणकारी कामकुरो वा आफ्नो कर्तव्य हो। स्वधर्म अलग अलग हुन्छ तर धर्म अलग हुदैन। हामी प्राय परधर्ममा जिएका हुन्छौ ।जसले परधर्मलाई समाएको छ त्यो ईश्वर यानी परमात्मातक कहिल्यै पुग्न सक्दैन। परधर्मलाई समाउने व्यक्ति स्वधर्ममा पुग्न सक्दैन।स्वधर्म परधर्मको विपरित हो। धर्म जो हो त्यो अधर्मको विपरित छ। स्वधर्म परधर्मको विपरितछ ।धर्म जो छ त्यो अधर्मको विपरित छ। मानवको परधर्मदेखिको यात्रा स्वधर्म तक र स्वधर्मदेखिको यात्रा धर्म तक हुनु पर्दछ। जुन व्यक्ति स्वधर्मलाई लिएर चल्छ एकदिन उ धर्ममा पुग्छ। जो व्यक्ति परधर्मलाई पकडेर चल्छ एकदिन उ अधर्ममा पुग्दछ ।परधर्मको आखिरी कदम अधर्म हो। किनिकी परधर्म अंगाल्ने व्यक्तिको उसको आफ्नो निजता र व्यक्तित्व हराउछ, उसको आत्मा हराउछ , त्यसदिन उसमा अधर्म भित्रिन्छ। जसको स्वधर्म जाग्छ उ अधर्ममा कहिल्यै पुग्दैन। जब स्वधर्म बढदै बढदै जान्छ तब धर्मको उपलब्ध हुन्छ।
प्रत्येक व्यक्तिको केही आफ्नो निजता वा निजत्व हुन्छ।आफ्नो निजतामा जिउनु नै आनन्द हो र त्यस निजताबाट च्युत हुनु वा भडकिनु नै दुख हो । प्रत्येक व्यक्तिको आआफ्नो स्वधर्म हुन्छ। दुई व्यक्तिको एउटै स्वधर्म हुदैन।पिताको धर्म छोराको धर्म हुँदेन। गुरुको धर्म शिष्यको धर्म हुँदैन।धर्मको अर्थ स्वभाव प्रकृति वा अंतरप्रकृति हो।प्रत्येक व्यक्तिको आआफ्नै अन्तर प्रकृति वा स्वभाव हुन्छ। सत्गुरु ओशो भन्नुहुन्छ ूजबतक बिज आफैमा बन्द हुन्छ, खिल्न सक्दैन,अंकुराउन सक्दैन वा फूल बन्न सक्दैन तबतक बेचैनी रहन्छ । जुन दिन बिज अंकुरित भएर बृक्ष वन्छ, फूल फुल्छ, उस दिन परमात्माको चरणमा उ आफ्नो निजताको समर्पित गर्दछ। फूल फुल्नमा जुन आनन्द बृक्षमा हुन्छ त्यही आनन्द व्यक्ति स्वयममा पनि छिपेको हुन्छ।जबतक हामीभित्रको फूल पूर्णरुपमा फुल्न पाँउदैन तबतक हामी सन्ताप, दुख, वेचैनी वा तनावमा जिएका हुन्छौ।तसर्थ जो व्यक्ति परधर्मलाई ओढने कोशिस गर्दछ त्यो व्यक्ति बडो मुश्किलमा पर्दछ। जसरी चमेलीको बृक्षले चम्पाको फूल फुलाउने कोशिस गर्दछ अर्थात गुलावको फूलले कमलको फूल हुने कोशिस गर्दछ त्यो फूल पुरै वेचैनीमा पर्दछ। नत गुलावको फूल कमल हुन सक्दछ नत कमलको फूल गुलाव हुन सक्दछ, यो असम्भव छ।
व्यक्तिले आफ्नो स्वभावको प्रतिकूल बन्ने कोशिस गर्न सक्दछ तर त्यो कहिल्यै संभव हुदैन। यदी व्यक्ति आफ्नो स्वभाव प्रतिकूल बन्न चाह्यो भने त्यसले विफलता, नैराश्यता, हिनता, हार उसको मनमा रहिरहन्छ वा घुमिरहन्छ।
गीतामा भनिएको छ परधर्ममा जिवन्त रहनु भन्दा बरु स्वधर्ममा मर्नु नै श्रेयस्कर हुन्छ । परधर्ममा सफल हुनु भन्दा बरु स्वधर्ममा असफल हुनु नै श्रेयस्कर छ अर्थात परधर्ममा सफल हुनु अश्रेयस्कर छ। राम्ररी आचरण गरिएको अरूको धर्म भन्दा गुणरहित भए पनि आफ्नो धर्म अति उत्तम हुन्छ, आफ्नो धर्ममा मर्नु पनि कल्याणकारक छ । अरूको धर्म डर पैदा गर्ने हुन्छ। स्वधर्ममा एकछिन बाँच्नु पनि मुक्तिको अनुभव गर्नु हो। ओशो भन्नुहुन्छ प्रतेक व्यक्तिको आफ्नै केही हुन्छ, त्यही उसको आत्मा हो, निजतामा आफैमा बाँच्नु आनन्द हो, निजतामा भौतारिनु चुक्नु नै दुख हो। कृष्ण भगवान अर्जुनलाई भन्नुहुन्छ स्वधर्ममा नै तिम्रो धर्म छ, त्यसको खोजी गर, तिमीआफ्नो जुन धर्म छ त्यो खोज, तिमी के हुन सक्छौ त्यो पत्तो लगाउ, त्यसको निर्णय गर अनि हुनतिर लाग । शारा चिन्ता छोड, अनिमात्र संतृप्तिको आखिरी लक्ष्यमा पुग्न सक्छौ । हामी अधिकांश मानिसहरू परधर्मलाई ओढेका छौ अंगालेका छौ, हामीलाई स्वधर्मको पत्तो छैन, हामीलाई थाहा छैन हामी के हुन जन्मेका हौ, हामीलाई परधर्मको प्रलोभन छ तसर्थ स्वधर्म भुलेका छौ।
परधर्मले लोभ्याउँछ, आकर्षण गर्छ, छरछिमेकमा त्यही परधर्म फलेफूलेको छ हामी अरुको अनुकरण र नक्कल गर्दैमा व्यस्त छौ। हामी त्यही अरुको र अरुलाई देख्छौ तसर्थ हामी जिवनभर उदास छौ, जीवनलाई अर्थहिन मानेका छौ।कहिले पनि दोस्रोको धर्म आफ्नो धर्म हुन सक्दैन। हरेक व्यक्तिले एक स्वभाव लिएर जन्मेको हुन्छ, जसको आफ्नो स्वर हुन्छ, आफ्नो संगीत हुन्छ, आफ्नो सुगन्ध हुन्छ, आआफ्नै जिउने ढङ्ग हुन्छ त्यस ढङ्गको आफूले विकास गर्नु पर्दछ। आज सारा दुनिया उदास छ, धेरै व्यक्तिले आत्महत्या गरेका छन, जीवनलाई अर्थहिन मानिरहेका छन, यो सब हुनुको पछाडि स्वधर्म हराउनु हो।
अमेरिका अर्थात कतिपय पश्चिमी देसमा प्रत्येक नर्सरी स्कूलमा मनोवेत्ता राखिएको हुन्छ जसले प्रत्येक बच्चाको प्रवृति, झुकाव, स्वभाव, ईच्छा अर्थात बच्चाको स्वधर्म पत्ता लगाउछन र मनोवैज्ञानिकको सुझाव अनुसार वच्चाको स्वभाव अनुकूल डक्टर, ईन्जिनियर, वकिल, चित्रकार के बन्ने स्वभाव वा रुची छ पत्ता लगाई सोही अनुरुप शिक्षा दिलाईन्छ। तर हामीकहा त्यो हुँदैन र भएको छैन । हामीले अरुको नक्कल र अनुकरण गर्ने गरिन्छ तसर्थ हामीकहाँ स्वभावत धेरै व्यक्ति विजडित भएको छ खण्डित भएको छ। किनकी धेरैजसो व्यक्ति मनुस्य हुन सकेको छैन जो हुन सक्थ्यो। परधर्म अङगालेर भौतिक सफलता हासिल गर्नु भन्दा त बरु स्वधर्म अपनाएर असफल भईन्छ भनेपनि त्यो उत्तम हुन्छ। स्वधर्ममा एकक्षण भएपनि जसले जिउछ उसले मुक्तिको अनुभव गर्दछ उसलाई आनन्द र शान्तिको अनुभव हुन्छ।ओशो भन्नुहुन्छ हाम्रो सामु दुई विकल्प छन, या त स्वधर्म या त परधर्म ।अधर्ममा जानु छ भने परधर्मको बाटो उपयोगी, हितकर र सहयोगी हुन्छ।धर्ममा जानु छ भने स्वधर्मको बाटो हितकर र उपयोगी हुन्छ।अधर्मतक सदा हामी दोस्रोद्धारा पुग्दछौ भने धर्मतक हामी आफ्नो निजत्वद्धारा पुग्दछौ।
जुन व्यक्तिले अधर्म खोज्दछ त्यस व्यक्तिले भिड खोज्दछ अर्थात त्यस व्यक्तिले कहिले पनि अकेलापन खोज्दैन किनकी अधर्म गर्नको लागि दोस्रो जरुरी हुन्छ। शान्त हुनको लागि एकान्त अर्थात एक्लै हुन सकिन्छ भने अशान्त हुनको लागि विलकुल दोस्रो व्यक्ति आवश्यक पर्छ। आनन्दित हुन एक्लै सकिन्छ तर दुखी हुन दोस्रो चाहिन्छ। ब्रह्मचर्य एक्लै हुन सकिन्छ भने कामुकताको लागि दोस्रो व्यक्ति चाहिन्छ। त्याग एक्लै गर्न सकिन्छ भने भोग गर्न दोस्रो आबाश्यक पर्दछ।
अत हामीले स्वधर्म पालना गर्न चुकेका छौ। हामी आफूजस्तो बन्न खोज्दैनौ र अरु जस्तो बन्न खोज्दछौ । अरुको अनुकरण र नक्कल गर्न हामी माहिर छौ अर्काले जे गर्यो हामीलाई त्यही गर्नु पर्छ । एउटाले कुखुरा पालेको छ भने अर्कोलाई पनि त्यही कुखुरा नै पाल्नुपर्छ ।पल्लाघरको व्यक्ति विदेश गयो भने वल्ला घरको व्यक्तिलाई पनि विदेस नै जानु पर्छ ।एउटाले भोजभतेर गर्यो भने अर्कोलाई पनि भोजभतेर गर्नै पर्छ । एउटाको छोराले डक्टर पढेको छ भने अर्कोले छोरालाई पनि डक्टर पढाउनै पर्छ । एउटा सहरवजारमा वसाई सरेको छ भने अर्कोलाई पनि वसाई नसरी हुँदैन। माथिल्लो घरकोले सहरवजारमा घरघडेरी किनेको छ भने तल्लो घरकोले पनि त्यही नै गर्नुपर्छ। एउटाले छोराछोरी वोर्डिङ स्कूलमा पढाएको छ भने अर्कोले पनि जबरजस्ती त्यही नगरी हुँदैन यस्तैयस्तै भईरहन्छ ।हामीले प्राय यस्तै नै गरेका हुन्छौ । यस्ता कार्यले गर्दा व्यक्ति शान्त र आनन्दित हुन सकेको छैन ।व्यक्तिमा अमनचैन छैन ।व्यक्तिको आफ्नो गुण स्वभाव एवं स्वधर्म हराएको छ जसले गर्दा अनेक समस्या सिर्जना भएको छ ।
फ्रायडले भन्नुभएको छ व्यक्तिको ईच्छा पहिले आउछ र तर्क सदा पछि आउछ। वासना अगाडि हुन्छ, दर्शन पछि हुन्छ त्यसैले व्यक्तिले जे गर्न चाहन्छ त्यसको लागि तर्क खोज्छ।व्यक्तिले अरुलाई शोषण गर्न पर्यो भने शोषण गर्ने तर्क खोज्छ ,स्वच्छन्दता चाहियो भने त्यसको लागि पनि तर्क खोज्छ, कुनै अनैतिकता गर्नु पर्यो भने पनि त्यसको लागि तर्क खोज्दछ । व्यक्तिको वासना पहिले आउछ र त्यसलाई अर्थात आफ्नो सामु वासनालाई सिद्ध गर्न वा वासनालाई मजवुत बनाउन तर्कयुक्त वनाउने काम गर्दछ । तसर्थ व्यक्ति वा मानिस रेशनल छैन। वुद्धिमान छैन केवल वुद्धिमानी भएको देखिन्छ मात्र। व्यक्ति त्यति बुद्धिहिन छ जति पशु हुन्छ । फरक यतिमात्र हो की पशुले आफ्नो वुद्धिहिनताको लागि कुनै आवरण लिदैन अर्थात पशुले आफ्नो वुद्धिहिनताको सिद्ध गर्ने कुनै प्रयास गर्दैन। पशु आफ्नो वुद्धिहिनता मै जिउछ अर्थात वुद्धिमानिताको कुनै तर्क वा जाल खडा गर्दैन उ स्वधर्म मै जिउछ ।
मानिस अर्थात व्यक्ति यस्तो पशु हो जसले आफ्नो पशुताको लागि समेत परमात्माको सहारा लिन कोशिस गर्छू। दोस्रोको मार्गबाट अर्थात अर्काको नक्कल र अनुकरणबाट कहिल्यै ज्ञान प्राप्त हुदैन अर्थात अज्ञान आउछ। त्यसैगरी कहिल्यै शान्ति र आनन्द प्राप्त हुदैन अशान्ति र दुख मात्र पैदा हुन्छ। दोस्रोको देखासिखीबाट कहिल्यै धर्म पाउन सकिदैन अधर्म आउछ । धर्मको मार्ग स्वयमको भित्र हुन्छ आफ्नो निजत्वमा, स्वभाव र गुणमा हुन्छ, स्वधर्ममा हुन्छ।जिवनमा आनन्दित हुनको लागि आफ्नो स्वधर्मलाई अंगाल्नुपर्छ र आफ्नो निजत्वमा रमाउनु पर्छ । प्रत्येक व्यक्तिले आफ्नो भित्र हेर्न सक्नुपर्छ की आफ्नो रुची, आफ्नो लगाव ,आफ्नो स्वभाव पहिचान गरी सोही अनुरुप कार्य गर्दै स्वधर्मको पालना गर्नु पर्दछ ।
स्रोतः ओशो कर्म योग भगवत गीताका मनोविज्ञान भाग ३ फ्युजन बुक्स । गीता दर्शन श्रीमदभगवत गीतामाथि ओशोले दिनुभएको प्रवचनहरुमध्येबाट संक्षिप्तिकृत संकलन, मधुवन प्रकाशन